थप समाचारबिहीबार, मंसिर १०, २०७२

वीरगञ्जमा बम बनाउने कच्चा पदार्थसहित एक पक्राउ

हिमालखबर

birgunjपर्सामा विस्फोटक पदार्थ बनाउन प्रयोग हुने ‘सोडियम सल्फाइड’ सहित एकजना पक्राउ परेका छन् ।

वीरगञ्ज–२८ मनियारीका जयप्रकाश साहलाई सशस्त्र सीमा सुरक्षा बेस क्याम्प अलौंले ९ मंसीर दिउँसो भारतबाट नेपालतर्फ ल्याउँदै गरेको ५० किलो सोडियम सल्फाइड सहित पक्राउ गरेको हो ।

साहलाई विष्फोटक पदार्थ सहित पक्राउ गरिएको सशस्त्र प्रहरी सीमा सुरक्षा बल पर्साका उपरीक्षक भीमबहादुर थापाले पुष्टी गरे ।

उनले भने, “सोडियम सल्फाईड सहित साहलाई पक्राउ गरिएको छ, उसले छाला कारखानाका लागि ल्याएको बताईरहेको छ । हामीले आवश्यक अनुसन्धानका लागि प्रहरीको जिम्मा लगाएका छौं ।”

विष्फोटक पदार्थको नमूना आवश्यक जाँचका लागि श्रीपुरस्थित बरख गणमा समेत पठाईएको उनले जानकारी दिए ।

पुल भत्काउने हल्ला चलिरहेको समयमा विष्फोटक पदार्थ बनाउने सामाग्री बोकेको पाईएकोले उनलाई पक्राउ गरेको सशस्त्र प्रहरी उपरीक्षक थापाले जनाए ।

पर्साका प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठले साह र साहसँगै फेला परेको पदार्थको बारेमा आवश्यक अनुसन्धान भैरहेको बताए ।
सुरेश बिडारी, विरगञ्ज

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>