समाचारबिहीबार, मंसिर १०, २०७२
पाँच सह-सचिबको सरुवा
मन्त्रिपरिषद बैठकले ५ जना सह–सचिबको सरुवा गरेको छ ।
१० मंसीर विहान बसेको मन्त्रिपरिषदको बैठकले सहसचिव त्रय राष्ट्रपति कार्यालयका चक्रबहादुर बुढा, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका रामकृष्ण सुवेदी र प्रधानमन्त्री कार्यालयका ऋषिराज शर्मालाई गृहमन्त्रालयमा सरुवा गरेको छ ।
त्यसैगरी संस्कृति मन्त्रालयका सह–सचिब कमलप्रसाद भट्टराईलाई सामान्य प्रशासन मन्त्रालयमा र सामान्य प्रशासन मन्त्रालयका सह–सचिब ढुण्डीराज घिमिरेलाई संस्कृति मन्त्रालयमा सरुवा गरेको छ ।
त्यस्तै सरकारले भूकम्प प्रभावित क्षेत्रमा सुरक्षित सामूहिक आवास निर्माण कार्यविधि–२०७२ विधायन समितिमा पठाउने निर्णय गरेको सञ्चारमन्त्री शेरधन राईले जानकारी दिए ।
मन्त्री राईका अनुसार जर्मन सरकारको अतिरिक्त अनुदान रु. २ अर्ब ८७ करोड र प्राविधिक सहयोग रु. ९७ करोड ३७ लाख स्वीकृत गर्ने पनि निर्णय गरेको छ ।