समाचारबिहीबार, मंसिर १०, २०७२

उपसभापति पौडेल र भाजपा नेता जोलीबीच नाकाबन्दी बारे छलफल

हिमालखबर

Ram-Chandra-Paudel1नेपाली कांग्रेसका कार्यवाहक सभापति रामचन्द्र पौडेल र भारतीय जनता पार्टीका नेता विजय जोलीबीच काठमाडौंमा भेटवार्ता भएको छ ।

सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा १० मंसीर विहान भएको उक्त भेटवार्तामा भारतको नाकाबन्दी र समसामयिक विषयमा छलफल भएको पौडेलले जानकारी दिए ।

“भारतले लगाएको नाकाबन्दी र त्यसले निम्त्याएको असुविधाका बारेमा छलफल भयो । मैले मधेश आन्दोलन र नाकाबन्दी फरक हो, त्यसलाई छुट्याउनुपर्‍यो र आपूर्ति व्यवस्थालाई भारतका तर्फबाट सहज बनाउनुपर्‍यो भनेको छु,” पौडेलले भने ।

कावा सभापति पौडेलले मधेशमा देखिएको समस्या समाधान गर्न मधेशी मोर्चासँग वार्ता भइरहेको जानकारी दिँदै चाँडो सहमतिको आधारमा समस्याको समाधान खोजिने भएकाले आपूर्ति नरोकिदिन भारतीय नेता जोलीसँग आग्रह गरेका थिए ।

सो अवसरमा भाजपा नेता जोलीले नेपालमा नाकाबन्दीले निम्त्याएको समस्याबारे केन्द्रीय सरकारसमक्ष कुरा राख्ने प्रतिबद्धता व्यक्त गरेको पनि नेता पौडेलले बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>