समाचारबिहीबार, मंसिर १०, २०७२

उपेन्द्र यादवले बोल्न थालेपछि कांग्रेसकाे विराेध

हिमालखबर

व्यवस्थापिका–संसद्को बैठक आगामी १५ मंसीर विहान ११ बजेसम्मका लागि स्थगित गरिएको छ ।

प्रतिपक्षमा रहेका दलहरुबीच सम्बोधन गर्ने विषयमा कुरा नमिलेपछि सभामुख ओनसरी घर्तीले बैठक स्थगित गरेकी हुन् । बैठक शुरु हुनासाथ प्रतिपक्षमा रहेका नेपाली कांग्रेस र मधेश केन्द्रित दलका सांसदहरु कुर्सीबाट उठेपछि संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई बोल्ने समय दिइयो ।

सभामुखले समय दिएपछि यादवले बोल्नै लाग्दा कांग्रेसका सांसदहरुले होहल्ला गरेका थिए । प्रमुख प्रतिपक्षलाई पहिले बोल्नुदिनुपर्ने कांग्रेसका सांसदहरुले माग गरे ।

कांग्रेसकाे विरोध जनाएपछि संसद् बैठक स्थगित गरिएको छ ।

–कपिल भट्ट, काठमाडौं

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>