समाचारबिहीबार, मंसिर १०, २०७२

आन्दोलन दबाएर समाधान खोजियोः यादव

हिमालखबर

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशी जनताको अधिकार प्राप्तिका लागि लडाईँलाई सरकारले दबाउन खोजेको आरोप लगाएका छन् ।

व्यवस्थापिका–संसद् बैठक अवरुद्ध भएपछि बाहिरिने क्रममा यादवले भने, “सरकारले दबाएर समाधान खोज्दैछ ।” उनले सत्तारुढ पक्षको ‘साम्प्रदायिक नश्लवादी’ सोचले काम गरिरहेको बताए ।

अध्यक्ष यादवले विगतमा भएको सम्झौताको पालना गरी संविधानमा सम्बोधन हुनुपर्ने माग गरे । भारतका एक सांसद्ले तराईका १५ जिल्ला आफूसँग गाभ्नुपर्र्ने विचार दिएको भन्ने समाचारबारे सोधिएको प्रश्नमा उनले भने, “नेपाली भूमि कसैले गाभ्न खोजेको हो भने या त सीमामा गएर युद्ध गर, होइन भने कुर्सी छाडेर भाग ।’’

भारतीय सुरक्षाकर्मीले नेपाली भूमिमा आई नेपालीमाथि गोली प्रहार गरेको सम्बन्धमा पहिले परराष्ट्र मन्त्रालयको आधिकारिक धारणा आउनुपर्ने भन्दै उनले गोली प्रहार हुनु र मान्छे मर्नु कुनै पनि देशको नागरिकका लागि गलत कुरा भएको बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>