Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
सभामुख घर्ती स्थापित मान्यताविरुद्ध गएको कांग्रेसको आरोप - Himalkhabar.com

समाचारबिहीबार, मंसिर १०, २०७२

सभामुख घर्ती स्थापित मान्यताविरुद्ध गएको कांग्रेसको आरोप

हिमालखबर

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले व्यवस्थापिका संसद बैठकमा आफूलाई पहिला बोल्न नदिएर सभामुख ओनसरी घर्ती स्थापित मूल्य र मान्यताभन्दा बाहिर गएको आरोप लगाएको छ ।

१० मंसीरको व्यवस्थापिका संसदको बैठकमा बोल्नका लागि सभासद् विमलेन्द्र निधीको नाम टिपाएको भए पनि सभामुखले पहिला संघीय समावजादी फोरमका अध्यक्ष उपेन्द्र यादवलाई बोल्न समय दिएपछि कांग्रेसले सभामुखमाथि यस्तो आरोप लगाएको हो ।

बैठकपछि कांगे्रस संसदीय दलका प्रमुख सचेतक चिनकाजी श्रेष्ठले भने, “आजको बैठकमा सभामुखले संसदीय परम्परा, अभ्यास र मर्यादा भन्दा बाहिर गएर प्रमुख प्रतिपक्षीलाई बोल्न दिनुभएन ।”

संसदीय अभ्यासमा प्रमुख प्रतिपक्षले बोल्न चाहेमा जुनसुकै बेला प्रमुख प्राथमिकता दिइनुपर्ने स्थापित मान्यता र अभ्यास भएको भन्दै उनले थपे, “हाम्रो दलको तर्फबाट निधीजीको नाम टिपाएका थियौं, बोल्नलाई हात उठाएका पनि थियौं तर, सभामुखले हामीलाई नभई उपेन्द्र यादवजीलाई बोल्न समय दिनुभयो ।”

सत्तारुढ दलहरुसँग मिलेर सभामुखले आफूलाई समय नदिएको उनले आरोप लगाए ।

संसद बैठक बस्नुअघि सभामुखले प्रमुख सचेतकहरुसँग छलफल गरेको बताउँदै सचेतक श्रेष्ठले पहिले नेपाली कांग्रेसका सांसदलाई बोल्न दिएपछि फोरमका सांसदलाई बोल्न दिने सहमति भए पनि सभामुखले त्यसो नगरेको बताए ।

“यादवजी बोल्नुमा हाम्रो कुनै आपत्ति होईन, हाम्रो आपत्ति स्थापित मूल्य मान्यताका साथ संसद चल्नुपर्छ भन्ने हो,” श्रेष्ठले भने ।

यता सभामुख ओनसरी घर्तीले भने बिषयको गाम्भिर्यता हेरी सहमतिकै आधारमा पहिले यादवलाई बोल्न समय दिइएको बताईन् ।

बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै उनले भनिन्, “प्रमुख प्रतिपक्षीलाई पहिलो प्राथमिकता दिने हाम्रो अभ्यास हो, तर बिषयको महत्व अनुसार सहमतिका आधारमा र जारी समस्या समाधान हुन सक्छ की भनेर यादवलाई समय दिईएको हो ।”

प्रतिपक्षको आरोपलाई खण्डन गर्दै सभामुखले आफू कुनै दलको मात्रै नभएर सिंगो व्यवस्थापिका संसदको सभामुख भएको बताएकी थिइन् ।

कांग्रेसको विरोधपछि संसद बैठक १५ मंसीर सम्मका लागि स्थगित भएको छ । संसदमा हाल अरु विजनेश नभएका कारण प्रतिपक्षको सहमतिमै अर्को बैठक १५ गतेसम्मका लागि स्थगित गरिएको हो ।

कपिल भट्ट, काठमाडौं

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>