रमझमशुक्रबार, मंसिर ८, २०६९

हाँस्यव्यंग्यको माध्यमबाट ट्राफिक जनचेतना

हिमालखबर

दीपकराज गिरी, दिपाश्री निरौला

८ मंसिरमा काठमाडौको शान्तीवाटीका रत्नपार्कमा हास्य कलाकारका हास्य ब्यंग्य प्रहसनमार्फत ट्राफिक जनचेतना दिईयो । कार्यक्रममा हास्य कलाकारहरु मनोज गजुरेल, दीपकराज गिरी, दिपाश्री निरौला , जीतु नेपाल, विनोद केशी, अंश महर्जन, पल्पसा डंगोल, शिवहरी पौडेल, किरण केसी, राजाराम पौडेल, मनोज आचार्य, अन्जु थापा, कविता शर्मा तथा गायक बद्रि पंगेनी लगायतले आ आफ्ना हास्यब्यंग्य प्रस्तुती तथा गीतले जनचेतना बाढे ।

कार्यक्रममा उनीहरुले मापसे सेवन नगरी सवारी चलाउन, बढी गतिमा सवरी नचलाउन, जथाभावी बाटो नकाट्न, आकाशे पुलको प्रयोग गर्न, लेन अनुशासन पालना गर्न आग्रह गर्दै दर्शकलाई पेट मिचीमिची हँसाए । ट्राफिक प्रहरी कार्यलय दरवारमार्गका प्रहरी नरीक्षक सीतराम हाछेथुको संयोजनामा भएको कार्यक्रममा महानगरीय प्रहरी प्रमुख एआइजी नवराज ढकाल, ट्राफिक प्रहरीका प्रमुख डिआजी उपेन्द्रकान्त अर्याल लगायत प्रहरीका उच्च पदाधिकारी थिए ।

तस्बीर: ऋषिराम कट्टेल

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>