थप समाचारबिहीबार, मंसिर १०, २०७२

ग्याँस कालोबजारी गर्नेको गोदाम सिलबन्दी

हिमालखबर

खाना पकाउने एलपीजी ग्यासको कालोबजारी गर्ने दमकका एक ब्यापारीको गोदाम स्थानीय प्रशासनले सिलबन्दी गरेको छ ।

दमक–१०, स्थित सर्वोच्च सप्लायर्स र दमक–१३, स्थित क्षितिज इलेक्ट्रोनिक्स पशल सञ्चालक दम्पती यदु र सावित्रा ढकालले मूल्य भन्दा बढीमा विक्री गरेको अनुगमनमा भेटिएको थियो ।

१० मंसीर विहान अनुगमनमा गएको टोलीलाई उनले ग्याँस सकिएको बताएका थिए । तर, इलाका प्रशासन कार्यालय दमकका प्रमुख बासु कोइरालासहितको टोलीले उनको गोदाम छापा मार्दा ६३ वटा सिलिण्डर ग्याँस फेला परेको थियो ।

घरमा राखिएका अन्य १८ वटा सिलिण्डर भने उनले घरमा हुन लागेको ब्रतबन्धको लागि जोहो गरेको बताए ।

ग्याँस उद्योगबाट ९ मंसीर राति १० बजेतिर साढे सात केजी तौलको ६ सय सिलिण्डर मध्ये पचास प्रतिशत सिलिण्डर रातारात घर तथा पशलबाट गायव बनाएको भन्ने गुनासोपछि इलाका प्रशासन र इलाका प्रहरी कार्यालय दमकको टोलीले अनुगमन गरेको थियो ।

ढकालले दमक–११, स्थित आफ्नो क्षितिज इलेक्ट्रोनिक्स पशलबाट राती नै रित्तो सिलिण्डर बोकेर आएका २४३ ग्राहकलाई आधा भरिएको सिलिण्डर बेचेको भएपनि करीब ३ सय ५० सिलिण्डर बाटो घुमाएर राति पौने ११ बजे घरतर्फ लगेको उपभोक्ताले देखेका थिए ।

उनले उद्योगबाट आएको मध्ये तीन सयको हाराहारीमा सिलिण्डर कहाँ विक्री गरे भन्ने कुनै तथ्याङक छैन । उनलाई कालोबजरी गरेको अभियोगमा कारवाहीको तयारी भइरहेको इलाका प्रशासन कार्यालय दमकका प्रमुख कोइरालाले बताए ।

-गोपाल गडतोैला, झापा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>