समाचारबिहीबार, मंसिर १०, २०७२

भाजपाका नेता जोली भन्छन्, ‘साँचो काठमाडौंसँगै छ, नयाँ दिल्लीसँग होइन’

हिमालखबर

bijaya-jolly1-555x335भारतीय जनता पार्टीका नेता विजय जोलीले नेपालको समस्याको साँचो काठमाडौंमै रहेको बताएका छन् ।

काठमाडौंमा आयोजित रिर्पाेटर्स क्लबको कार्यक्रममा जोलीले नेपालको समस्याको समाधान नयाँ दिल्लीसँग नभएको बताए । उनले भने, “नेपालीहरुको समस्या नेपालले नै सम्बोधन गर्नुपर्छ, यसको साँचो नयाँ दिल्लीसँग छैन ।”

नेपालमा भारत विरोधी गतिविधि बढ्दा दुख लागेको उनले बताए । जोलीले भने, “पेट्रोलियम पदार्थ, औषधि र खाना पकाउने ग्याँसको समस्या समाधान गर्न पहल गर्छु ।”

उनले नयाँ दिल्ली फर्किएपछि नेपालको समस्याबारे कुरा गर्ने बताए । जोलीले भने, “आफूसँगको भेटमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफू भारत विरोधी नभएको बरु भारतको सच्चा भित्र भएको बताएको उल्लेख गर्नुभयो ।”

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>