थप समाचारशुक्रबार, मंसिर ११, २०७२
गैसस महासंघमा लम्साल
नेपाली गैर–सरकारी संस्थाहरुको संगठन गैर–सरकारी संस्था महासंघ नेपालको अध्यक्षमा गोपाल लम्साल निर्वाचित भएका छन् । राजधानीमा सम्पन्न महासंघको आठौं महाधिवेशनले लम्सालको नेतृत्वमा ३७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
महासंघको वरिष्ठ उपाध्यक्षमा कृष्ण गौतम, उपाध्यक्षहरूमा ध्रुबप्रसाद देव र पार्वता आचार्य, महासचिवमा मिलनकुमार श्रेष्ठ, सचिवहरूमा दिनेशकुमार चौधरी, रामप्रसाद सुवेदी र विष्णु थकाली तथा कोषाध्यक्षमा जीतराम लामा निर्वाचित भएका छन् ।
कार्यसमिति सदस्यहरुमा सुनिता दनुवार, सृजना दनुवार, भावना भट्ट, विनिता पोखरेल (रोका), प्रिज्मासिंह थारु, नेत्रकला शाही, मौसम राई, सुमित्रा शर्मा, दिवाकुमारी पुन, लक्ष्मणबहादुर खड्का, रमेश बस्नेत, वेदनिधी पौडेल, गणेशचन्द्र दवाडी, प्रमानन्द कँडेल, दिपनारायण रिजाल, बैद्यनाथ चौधरी, उमेश विश्वकर्मा, पर्शुराम नेपाल, रामचन्द्र शाह, देवीप्रसाद तिम्सिना, शोभाराम डाँगी, सोनु सिंह, त्रिलोक न्यौपाने, कर्ण चौलागाई, भीमप्रसाद शर्मा, दिलु घिमिरे, मिलन धरेल र शर्मीला कार्की चयन भएका छन् ।
७५ जिल्लाका प्रतिनिधि सहभागी महाधिवेशनमा कुल मतदाता संख्या ८३३ रहेकोमा ७६३ मत खसेको थियो ।