थप समाचारशुक्रबार, मंसिर ११, २०७२
सिरहामा मधेशी मोर्चासँगै एमाले
मधेशी मोर्चाको माग पूरा गराउन माग गर्दै नेकपा एमाले सिरहा क्षेत्र नम्बर २ ले सिरहामा मोटरसाइकल जुलुश निकालेको छ ।
एमालेका स्थानीय नेता तथा कार्यकर्ताले मोटरसाइकलमा एकतर्फ पार्टीको झण्डा र अर्को तर्फ कालो झण्डा लगाएर मधेशमा चलिरहेको आन्दोलनलाई समर्थन गरेका छन् ।
नेकपा एमाले सिरहाका क्षेत्र नम्बर २ का अध्यक्ष केदारनाथ यादवको नेतृत्वमा करिब सयवटा मोटरसाइकलमा रहेका कार्यकर्ताले मधेशमा प्रहरी दमन बन्द गर, झापादेखि कञ्चनपुर दुई प्रदेश कायम गर, जनसंख्याको आधारमा निर्वाचन क्षेत्र कायम गर लगायतका नारा लगाएका थिए ।
मोटरसाइकल जुलुशपछि उनीहरु मधेशी मोर्चाको र्यालीमा सहभागी भई सरकार विरुद्ध चर्को नाराबाजी गरेका थिए ।
र्याली पछिको कोण सभामा एमाले नेता श्यामलाल यादवले आफ्नै पार्टी नेतृत्व रहेको सरकारविरुद्ध सडक आन्दोलनमा होमिने बताए ।
दिलिपकुमार सिंह
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
