Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
इन्धनको कालोबजारी गर्ने १२४ जना प्रहरी कार्वाहीमा - Himalkhabar.com

थप समाचारशुक्रबार, मंसिर ११, २०७२

इन्धनको कालोबजारी गर्ने १२४ जना प्रहरी कार्वाहीमा

हिमालखबर

प्रहरीले पछिल्लो एक महिनामा पेट्रोलियम पदार्थको कालोबजारीमा संलग्न १२४ जनालाई पक्राउ गरेको छ ।

देशमा पेट्रोलियम पदार्थको अभाव भएका बेला बढी मूल्यमा विक्रीवितरण गर्ने तथा कालोबजारी गर्ने १२४ जनालाई १०९ स्थानबाट पक्राउ गरी कार्वाही गरिएको प्रहरीले जनाएको छ ।

कारवाहीका क्रममा प्रहरीले उपत्यकाबाट ११ हजार ४१३ लिटरसहित देशभरबाट जम्मा ३३ हजार ४९२ लिटर पेट्रोल, उपत्यकाबाट २४ हजार २९० लिटरसहित देशभरबाट जम्मा २७ हजार ८९३ लिटर डिजेल, उपत्यकाबाट एक हजार ३७५ लिटरसहित देशभरबाट जम्मा एक हजार ४१५ लिटर मट्टितेल र उपत्यकाबाट ५८ थानसहित देशभर जम्मा ७९ थान सिलिन्डर ग्याससमेत बरामद गरेको जनाएको छ ।

यसैबीच  ६ मंसीरमा  भक्तपुर नगरपालिका–७ आदर्श चोकस्थित भक्तपुर फ्युल सेन्टरको मिटरमा अनियमितता गरी ठगी गरेको अभियोगमा सञ्चालक पुन्यराम बखाड्यालाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको जनाएको छ ।

८ मंसीरमा भक्तपुर ठिमी नगरपालिका–१५ गठ्ठाघरस्थित प्रवीण आयल स्टोरको पम्पमा जडान गरेको चिप्स बरामद गरी पम्पका प्रबन्धक मकवानपुरका भिमसेन केसीसमेतलाई प्रहरीले पक्राउ गरी आवश्यक कारबाही अगाडि बढाएको जनाएको छ ।

प्रहरी प्रधान कार्यालयले घरमा इन्धन संग्रह गर्ने, अव्यवस्थित तवरले खुला वेचविखन गर्ने तथा असुरक्षित तवरले ओसारपसार गर्ने काम समेत वन्द गर्न आग्रह गर्दै कसैले त्यसो गरेको थाहा पाएमा प्रहरीलाई १००, ४४११५४९, ४४१२७८० नम्बरमा फोन गरी जानकारी गराउन पनि भनेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>