खेलकुदशुक्रबार, मंसिर ११, २०७२
कुस्ती प्रतियोगितामा प्रल्हाद गिरी प्रथम

विजेता कुस्तीबाज प्रल्हाद गिरी बायाँबाट दोस्रो । तस्वीर: दिलिपकुमार सिंह
सिरहाको चतरीमा भएको कुस्ती प्रतियोगीतामा नेपाली कुस्तीबाज प्रल्हाद गिरी (बाबा केशव दास) उत्कृष्ट कुस्तीबाज चयन भएका छन् ।
प्रतियोगितामा प्रथम भएका गिरीले चाँदीको तक्मा प्राप्त गरेका छन् । उनका प्रतिद्वन्द्वी भारत बिहारका विकास पहलमान दोश्रो प्रतियोगितामा दोस्रो भए ।
दर्शकको घुइँचोका माझ भएको प्रतियोगितामा महिलातर्फ भारत बक्सरकी प्रतिका र लखनौकी अञ्जनीबीच प्रतिष्पर्धा भएको थियो । दश मिनेटको कडा प्रतिष्पर्धामा प्रतिका विजयी भइन् ।

तस्वीर: दिलिपकुमार सिंह
विरलै हुने महिला कुस्तीबाजको प्रतिप्रर्धा दर्शकले बडो रोचपूर्वक अवलोकन गरे ।
भुतमेलाको अवसरमा भएको दुई दिने कुस्ती प्रतियोगितामा नेपाल र भारतका विभिन्न स्थानबाट आएका प्रतिस्पर्धी सहभागि थिए ।

तस्वीर: दिलिपकुमार सिंह
प्रतियोगिता आयोजक कमिटीका अध्यक्ष ओमप्रकाश मण्डलले कुस्ती प्रतियोगितामा रु ७ लाख खर्च भएको जानकारी दिए ।
दिलिपकुमार सिंह, सिरहा
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
