थप समाचारशुक्रबार, मंसिर ११, २०७२

शैक्षिक क्षेत्रमा परेको प्रभावबारे शिक्षामन्त्री र भारतीय राजदूतबीच छलफल

हिमालखबर

Emशिक्षामन्त्री गिरिराजमणि पोखरेलले नेपालको शैक्षिक क्षेत्रमा भइरहेको व्यवधान हटाउन सकारात्मक पहल गरिदिन भारतीय राजदूत रञ्जित रेलाई आग्रह गरेका छन् ।

शिक्षा मन्त्रालयमा भएको छलफलमा राजदूत रेलाई पठनपाठनमा परेको व्यवधान हटाउन सकारात्मक भूमिका निर्वाह गरिदिन मन्त्री पोखरेलले आग्रह गरेका थिए ।

भेटमा भुकम्पको क्षतिको पुननिर्माण, नेपाली विद्यार्थीका लागि छात्रवृति, कानुनको दायरामा नआइसकेका विदेशी बिद्यालय, यस्ता विद्यालयवाट उत्तीर्ण विद्यार्थीहरुको योग्यता प्रमाणीकरण, भारतीय शिक्षकहरुको सुबिधा र निरन्तर पठनपाठनमा परेको व्यवधान हटाउने बिषयमा छलफल भएको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>