समाचारशनिबार, मंसिर १२, २०७२

लहानः ट्रकमा आगजनी

हिमालखबर

प्रहरी सुरक्षामा विराटनगरबाट लहान आइपुगेकोे एक ट्रकमा मधेशी मोर्चाका कार्यकर्ताले आजगनी गरेका छन् ।

dilip

तस्वीर: दिलिपकुमार सिंह

विराटनगरबाट सामान ल्याई लहान नगरपालिका ८ स्थित एक गोदाममा सामान उतारीरहेकोे बेला मोर्चाका कार्यकर्ताले ना ३ ख २२२९ नम्बर ट्रकमा राति करिब २ बजे पेट्रोल छर्केर आगजनी गरिएको हो ।

प्रहरीले स्कटिङ्ग गरिरहेकै अवस्थामा पूर्वपश्चिम लोकमार्ग छेऊमै सामान अनलोड गर्न लाग्दा आजगनी हुनुले राति पनि राजमार्ग असुरक्षित रहेको व्यापारी राजेश सारडाले बताए ।

उनका अनुसार ट्रकमा केराउ लोड गरिएको थियो ।

करिब तीन दिन अगाडि इलाका प्रहरी कार्यालय छेऊमै दुइ वटा गाडीमा आगजनी भएको थियो ।
दिलिपकुमार सिंह, सिरहा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>