Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
प्राविधिक गडबडीले गाडीमा आगो लागेको होः भारतीय दूतावास - Himalkhabar.com

समाचारशनिबार, मंसिर १२, २०७२

प्राविधिक गडबडीले गाडीमा आगो लागेको होः भारतीय दूतावास

हिमालखबर

Indian-Carभारतीय दूतावासको गाडीमा १२ मंसीर अपराह्न लाजिम्पाटमा आगलागी भएको छ ।

गाडीमा प्राविधिक गडबडीका कारण आगो लागेको दूतावासले जनाएको छ ।

केही सञ्चारमाध्यममा नेत्रविक्रम चन्द नेतृत्वको माओवादीका कार्यकर्ताले आगो लगाएको भन्ने समाचार आइरहेका बेला दूतावासले आगो कसैले लगाएको नभई गाडीमा प्राविधिक गडबडीका कारण लागेको र सामान्य क्षति भएको जनाएको छ ।

“आगो अरु कसैले लगाएको होइन, हाम्रा कर्मचारीले चढ्ने गरेको कारमा टेक्निकल फल्टका कारण आगो लागेको हो,” दूतावासका प्रवक्ता अभयकुमारले हिमालखबरसँग भने  ।

दूतावासको २२ सीडी १७ नम्बरको कार भित्र आगो लागेको हो । आगलागी भएलगत्तै प्रहरी घटनास्थलमा पुगेको थियो। आगजनीबाट गाडीका शिशा फुटेका छन् भने भित्री भाग जलेको छ ।

प्रहरीले पनि विद्युतीय तार शर्ट भई आगो लागेको बताएको छ ।

चन्द माओवादीका केन्द्रीय सदस्य सन्तोष बुढामगरले कसैको गाडीमा आगजनी गर्ने आफ्नो पार्टीको कार्यक्रम नरहेको र दूतावासको गाडीमा आगो लागेको बारेमा आफूलाई जानकारी पनि नभएको बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>