थप समाचारशनिबार, मंसिर १२, २०७२

मोर्चाद्वारा शवसहित बजार परिक्रमा

हिमालखबर

e98ae2c2-4e32-4466-936d-e67bf9db0667संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले प्रहरीको गोली लागे मृत्यु भएका तीन जनाको शवसहित बजार परिक्रमा गरेको छ ।

सप्तरीको राजविराजबाट निकालिएको शवयात्रा सिराहाको लहान हुँदै पुनःसप्तरी फर्काइएको छ । ५ मंसीरमा प्रहरीको गोली लागेर मृत्यु भएका तीन र एक जना करेन्ट लागेर मृत्यु भएकाको शवसहित बजार परिक्रमा गरिएको थियो ।

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, सद्भावनाका अध्यक्ष राजेन्द्र महतो, तराई मधेश सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवसहितका नेताहरुले श्रद्धाञ्जली दिएपछि शव यात्रा अघि बढाइएको थियो ।

रुपनीमा जमुनी मधेपुराका नागेश्वर यादव, भारदहमा डाढा–५, का बिरेन राम, राजविराज–१, का दिलिप साह र प्रहरीसँगको झडपपछि भागदौडका क्रममा करेन्ट लागी मृत्यु भएका जमुनी मधेपुराका शिवशंकर दासको अन्तिम दाहसंस्कार गरिएको हो ।

-श्रवणकुमार देव, राजविराज

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>