समाचारआइतबार, मंसिर १३, २०७२

हतियारसहित नेपाल प्रवेश गरेका एसएसबी सशस्त्रको नियन्त्रणमा

हिमालखबर

झापाको दक्षिणी सीमावर्ती गाविस केचनामा दशगजा छिचोलेर नेपाली बस्तीमा हतियारसहित प्रवेश गरेका १३ जना भारतीय सुरक्षाकर्मीलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।

भारतीय सशस्त्र सीमा बल (एसएसबी) का ती हतियारधारीको समूह सुपारी तस्करीमा संलग्न समूहलाई पछ्याउँदै नेपाली बस्तीमा पसेको प्रत्यक्षदर्शी स्थानीय गाउँलेले बताएका छन् ।

उनीहरुसँग चार थान आधुनिक हतियार साथमा रहेको बताइएको छ ।

झापाका प्रजिअ तेजप्रसाद पौडेलले आज बिहान नेपाली बस्तीमा भारतीय सुरक्षाकर्मी पसेको जानकारी गाउँलेले दिएपछि सशस्त्र प्रहरीको सीमा सुरक्षा टोली घटनास्थलमा पुगेर उनीहरूलाई नियन्त्रणमा लिएको बताए ।

भारतीय सुरक्षाकर्मीलाई केचना–४ बाट सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको सशस्त्र प्रहरी नायब उपरीक्षक प्रेमबहादुर भण्डारीले जानकारी दिए ।

प्रजिअ पौडेलले सदरमुकाम चन्द्रगढीबाट घटनाको स्थलगत विवरण लिन सहायक प्रजिअ डम्बरुप्रसाद निरौलालाई केचना पठाइएको बताएका छन् ।

हाल भारतीय सुरक्षाकर्मीलाई केचनास्थित सशस्त्र सीमा सुरक्षा बलको क्याम्पमा राखिएको छ । रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>