समाचारआइतबार, मंसिर १३, २०७२

प्रहरीले सुनधारामा गोली चलायो, अवैध हतियार राखेका दुई युवक पक्राऊ

हिमालखबर

प्रहरीले अवैध हतियार राखेका व्यक्तिलाई गोली प्रहार गरी काठमाडौंबाट नियन्त्रणमा लिएको छ ।

गोली लागेका छोटे ठाकुर महाराजगञ्ज शिक्षण अस्पतालमा । तस्वीर: गोपेन राई

गोली लागेका छोटे ठाकुर महाराजगञ्ज शिक्षण अस्पतालमा । तस्वीर: गोपेन राई

काठमाडौंको सुन्धारास्थित एक गेष्टहाउसमा रहेका बाराका छोटेलाल ठाकुर र राजकुमार पटेललाई नियन्त्रणमा लिने क्रममा गोली प्रहार गरेको हो ।

ठाकुरको घुँडा मुनी गोली लागेको छ । बाराको जब्दी–८ का ठाकुर नेपाल प्रहरीका भगौडा जवान हुन् । उनी भदौ २०६४ मा एसएलआरसहित फरार भएका थिए ।

IDप्रहरीलाई देख्नासाथ ठाकुरले सिरानमा रहेको पेस्तोल झिकेर प्रहार गर्न खोजेपछि प्रहरीले आत्मरक्षाका लागि गोली चलाएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

ठाकुर लुटपाटमा समेत संलग्न रहेको बताइएको छ । प्रहरीले ठाकुरसँगै राजकुमार पटेललाई पनि पक्राउ गरेको हो । उनीहरुका साथबाट लोड भएको चाइनिज पेस्तोल पनि बरामद भएको छ ।

अहिले घाइते ठाकुरको महाराजगञ्ज शिक्षण अस्पतालमा उपचार भइरहेको छ । पक्राउ परेका व्यक्तिबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

pistol

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>