समाचारआइतबार, मंसिर १३, २०७२
सप्तरीः राजमार्गमा पुल नजिक सिलिन्डर बम
पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको पोर्ताहा–८ स्थित महुली पुलमा सिलिण्डर बम फेला परेको छ ।
दुई वटा ग्यास सिलिण्डरमाथि सुतली बम र सँगै पेट्रोल समेत भेटिएकोले ठूलै विष्फोटको तयारी गरिएको हुनसक्ने प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय भारदहका इन्चार्ज सई सुरेन्द्र खेरबारले पुलको छेउमै बिष्फोट गराएर सवारीसाधन र यात्रुलाई ठूलो क्षति पुर्याउने उद्देश्य राखिएको हुनसक्ने बताए ।
उक्त बम कसले राखेको भन्ने कुरा खुल्न नसकेको प्रहरीले जनाएको छ ।
अहिले उक्त स्थानमा प्रहरीले सुरक्षा दिइरहेको छ भने बम निष्कृय पार्न राजविराजस्थित नेपाली सेनाको कृष्ण दल गुल्मको टोली घट्नास्थलतर्फ जाँदैछ ।
जारी आन्दोलनका क्रममा सप्तरीमा सिलिन्डर बम फेला परेको यो दोस्रोे घट्ना हो ।
यसअघि नेपाली कांग्रेसका सांसद सुरेन्द्र यादवको राजविराज–५ स्थित घरमा एक महिना अगाडि सिलिण्डर बम फेला परेको थियो ।
श्रवणकुमार देव, राजविराज
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
