समाचारआइतबार, मंसिर १३, २०७२
राजमार्ग खुल्ला गरिन्छः गृहमन्त्री बस्नेत
गृहमन्त्री शक्तिबहादुर बस्नेतले राजमार्गको अवरोध हटाएर दिउँसो पनि गाडी गुड्न सक्ने वातावरण सरकारले बनाउने बताएका छन् ।
सुनसरीको इटहरीमा पूर्वका पाँच जिल्लाका सुरक्षा निकायसँग बसेको बैठकपछि गृहमन्त्री बस्नेतले भने, “सीमा पारीको समस्या कुटनीतिक ढंगबाट र वारीको समस्या सरकारले हल गर्नेतिर लागेका छौं ।”
उनले दिउँसो पनि राजमार्ग खुल्ला हुने बातावरण मिलाइने बताए । गृहमन्त्री बस्नेतले भने, “शान्ति सुरक्षाका लागि कुनै कसर बाँकी राख्दैनौं ।”
उनले राष्ट्रिय स्वाधिनतामा अडिग रहेर समस्या हल गर्नेतिर सरकार लागेको बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>