समाचारआइतबार, मंसिर १३, २०७२

प्रधानमन्त्रीले त्रिपक्षीय बैठक बोलाए

हिमालखबर

मधेश आन्दोलन, नाकाबन्दी समस्या हललगायतबारे छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिपक्षीय बैठक बोलाएका छन् ।

प्रधानमन्त्री ओलीले १४ मंसीर विहान प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ दल, प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस र आन्दोलनरत मधेश केन्द्रित दलको बैठक बोलाएका हुन् ।

मधेश केन्द्रित दलहरुको असहमतिका बाबजुत संविधान जारी भएसँगै मुलुकमा देखिएको असहज परिस्थिति हल गर्न बैठक बोलाएका हुन् । यसअघि, प्रधानमन्त्री ओलीले बोलाएको बैठक कांग्रेसको अस्वीकृतिका कारण बस्न सकेको थिएन ।

कांग्रेस सभापति सुशील कोइराला अमेरिकाबाट फर्केपछि विभिन्न चरणमा अनौपचारिक बैठक बसिसकेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>