समाचारसोमबार, मंसिर १४, २०७२
मोर्चाका कार्यकर्ताले ४१५ लिटर पेट्रोल जलाए
महोत्तरीको मुख्य सीमा नाका भिठ्ठामोडमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्ताले ४१५ लिटर पेट्रोल नष्ट गरेका छन् ।
भारतबाट जर्किनमा ल्याइएको पेट्रोल मोर्चाका कार्यकर्ताले नष्ट गरेको सद्भावना पार्टीका नेता लालबाबु यादवले बताए । सीमा नाकामा मोर्चाका कार्यकर्ताको धर्ना जारी रहेका बेला वनको बाटो हुँदै महोत्तरीको सदरमुकाम जलेश्वर ल्याउन खोजेको पेट्रोल मोर्चाका कार्यकर्ताले समातेर नष्ट गरेका हुन् ।
मोर्चाका कार्यकर्ताले पेट्रोल ल्याउने चारै जनालाई सीमा नाका भन्दा २०० मिटर वनमा समातेर पेट्रोल नियन्त्रणमा लिई भुइँमा पोखेर आगो लगाई नष्ट गरेका छन् । साथै उनीहरुलाई फेरि यस्तो काम नगर्ने सर्तमा गाली बेइज्जती पनि गरी छाडेका छन् । रासस
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>