Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
बालुवाटारमा प्रतिनीधि पठाएर मोर्चाको बैठक विराटनगरमा शुरु - Himalkhabar.com

समाचारसोमबार, मंसिर १४, २०७२

बालुवाटारमा प्रतिनीधि पठाएर मोर्चाको बैठक विराटनगरमा शुरु

सइन्द्र राई

बालुवाटारमा जारी त्रिपक्षीय बैठकमा सहभागी नेताहरु । तस्वीरः गाेपेन राई/हिमालखबर

बालुवाटारमा जारी त्रिपक्षीय बैठकमा सहभागी नेताहरु । तस्वीरः गाेपेन राई/हिमालखबर

आन्दोलनको समीक्षा र भावी कार्यक्रम तय गर्न संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको बैठक विराटनगरमा शुरु भएको छ ।

बैठकमा मोर्चाका शीर्ष नेताहरु सहभागी रहेको सद्भावनाका महासचिव मनिष सुमनले बताए । उनका अनुसार विराटनगर बैठकले आन्दोलनका नयाँ कार्यक्रम सार्वजनिक गर्नेछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको त्रिपक्षीय बैठकमा भने मोर्चाले प्रतिनीधि मात्रै पठाएको छ । “ढिलोगरी सूचना पठाएकाले शीर्ष नेताहरु बैठकमा सहभागी हुन सक्नुभएन”, महासचिव सुमनले भने ।

बालुवाटारमा गएका मोर्चाका प्रतिनीधिहरुले कुरा सुनेर मात्रै फर्कनेछन् । “हाम्रा प्रतिनीधिहरुले बालुवाटारमा कुनै विषयमा छलफल गर्नुहुन्न, खाली सुनेर मात्रै आउनुहुन्छ”, उनले भने ।

प्रधानमन्त्रीले बोलाएको बैठकमा मोर्चाका नेताहरु हृदयेश त्रिपाठी, लालबाबु राउत, लक्ष्मणलाल कर्ण र रामनरेश राय सहभागी भएका छन् । प्रधानमन्त्रीले बोलाएको सत्तारुढ दल, प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस र आन्दोलनरत मोर्चाका नेताहरुको संयुक्त बैठक बालुवाटारमा शुरु भइसकेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>