थप समाचारसोमबार, मंसिर १४, २०७२

एमाले मकवानपुरमा सिग्देल निर्वाचित

हिमालखबर

Munu-Sigdel-700नेकपा एमाले मकवानपुरको १० औं अधिवेशनले पार्टी अध्यक्षमा मनु सिग्देल निर्वाचित भएकी छन् ।

प्रतिद्वन्द्वी रघुनाथ खुलाललाई पराजित गर्दै उनी अध्यक्ष निर्वाचित भएकी हुन् । सिग्देलले २१३ मत प्राप्त गरेकी थिइन् भने खुलालले २१२ मत प्राप्त गरेका थिए ।

सिग्देल एमाले जिल्ला अध्यक्षहरुमा एक मात्र महिला हुन् । यसबाहेकका सवै जिल्ला अध्यक्ष पुरुष रहेको एमाले केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले बताइन् ।

यसअघि, स्याङ्जामा पद्मा अर्यालले अध्यक्ष जितेकी थिइन् भने विद्यार्थी जिल्ला विशेषमा रामकुमारी झाँक्री अध्यक्ष थिइन् । अर्याल र झाँक्री दुवै अहिले पार्टी केन्द्रीय कमिटीमा छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>