समाचारसोमबार, मंसिर १४, २०७२

मोर्चालाई समर्थन जनाएपछि लिम्बुवान विभाजनतिर

हिमालखबर

संघीय लिम्बुवान पार्टी नेपालका अध्यक्ष कुमार लिङ्देनले संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको आन्दोलनलाई समर्थन जनाएपछि उनको पार्टी फुटको नजिक पुगेको छ ।

लिङ्देनले १३ मंसीरमा मोर्चाले बिराटनगरमा गरेको बिरोधसभामा बोलेपछि अन्य नेताहरु आक्रोशित देखिएका छन् । पार्टीका सर्बमान्य नेता बीर नेम्वाङले हिमालखबरसँग भने, “कुमारले पार्टीमा रहने ठाँउ गुमाइसकेका छन् ।”

नेम्वाङले झापा, मोरङ र सुनसरीलाई मधेश प्रदेशमा मिलाउन नदिने बताए । पार्टी केन्द्रीय समितिको बैठक नबोलाई मधेशी मुद्दामा सती गएको भन्दै उनले लिङ्देनको आलोचन गरे ।

लामो समयदेखि लिङ्देन निकट रहेका पार्टी सचिब प्रेमदिप थाम्सुहाङ लिम्बुवानको मुद्दालाई विसर्जन गर्न अध्यक्ष लिङ्देन लागिपरेको आरोप लगाए ।
“आफ्नो आन्दोलन सम्हाल्नु पर्नेमा लिङ्देन अर्काको धोती स्याहार्न गए”, थाम्सुहाङले भने, “यो पार्टीभित्र भयानक अन्तरसंघर्षको अवस्था हो ।”

१४ मंसीरमा पार्टीले पूर्वका नौ जिल्लासहितको लिम्बुवान राज्य माग गर्दै आब्हान गरेको चक्काजाममा अध्यक्ष लिङ्देन बाहेक नेताहरु सडकमा देखिएका छन् । तर, चक्काजामको प्रभाव झापामा भने खासै परेको छैन ।

एक दशकदेखि अरुण पूर्वका ९ जिल्ला (मेची र कोशी तराईका तिन जिल्लाहरु झापा, मोरङ र सुनसरी समेत भएको) लिम्बुवान प्रदेश बनाउने मागसाथ आन्दोलन गरिरहेका पाँच लिम्बुवानबादी पार्टीहरुको १९ साउन २०७१ मा सुनसरीको भेडेटारमा भएको भेलाले कुमार लिङ्देनको अध्यक्षतामा संघीय लिम्बुवान पार्टी नेपाल स्थापना गरेको थियो ।

गोपाल गडतोैला, झापा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>