समाचारसोमबार, मंसिर १४, २०७२

बालुवाटार बैठकः प्रहरी दमन र आन्दोलनकारीले ज्यादती रोक्ने

हिमालखबर

बालुवाटारमा जारी त्रिपक्षीय बैठकमा सहभागी नेताहरु । तस्वीरः गाेपेन राई/हिमालखबर

बालुवाटारमा जारी त्रिपक्षीय बैठकमा सहभागी नेताहरु । तस्वीरः गाेपेन राई/हिमालखबर

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको त्रिपक्षीय छलफल सकारात्मक देखिएको नेताहरुले बताएका छन् ।

सत्तारुढ दल, प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस र आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाबीच भएको छलफल राजनीतिक विषयमा प्रवेश नभएपनि वार्ताको बातावरण बनाउन सहयोगी बनेको नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको छलफलले दुवै पक्ष वार्ताप्रति गम्भीर भएर प्रस्तुत हुने बातावरण बनाउने सहमति भएको उनले बताए । बरिष्ठ नेता नेपालले भने, “प्रहरी र आन्दोलनकारी दुवै पक्षले सतर्कता अपनाउने सहमति भएको छ ।”

बैठकमा मोर्चाका नेताहरुले प्रहरी दमनको विरोध गरेका थिए भने सत्ता पक्षले आन्दोलनकारीको ज्यादतीबारे प्रश्न उठाएका थिए । झण्डै ३ घण्टा चलेको बैठकको अधिकांश समय रोष प्रकटमै वितेको थियो ।

छलफलमा प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, बरिष्ठ नेता माधवकुमार नेपाललगायत, नेपाली कांग्रेसका सभापति सुशील कोइराला, उपसभापति रामचन्द्र पौडेल, एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, राप्रपा नेपालका अध्यक्ष कमल थापा, मधेशी जनाधिकार फोरमका विजयकुमार गच्छदार, राप्रपाका दीपक बोहरा, तमलोपाका महन्थ ठाकुर, संघीय समाजवादी फोरम नेपालका अशोक राई, लालबाबु राउतलगायतको सहभागिता थियो ।

कपिल भट्ट, काठमाडौं

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>