समाचारसोमबार, मंसिर १४, २०७२

माधव नेपालको प्रस्तावः सीमाकंन थाती राखौं

हिमालखबर

नेकपा एमालेका बरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले तत्कालका लागि सीमाकंनको विषय रोकेर जानुपर्ने प्रस्ताव गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको त्रिपक्षीय बैठकमा नेता नेपालले सीमाकंनको विषय राखेर अन्य विषयमा सहमति खोज्दा निकास निस्कने प्रस्ताव गरेका हुन् । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेताहरुले तराईमा दुई प्रदेश हुनुपर्ने र सत्तारुढ दलका नेताहरुले अहिलेको प्रदेश संरचना चलाउन नहुने अडान राखेपछि नेता नेपालले यस्तो प्रस्ताव राखेका हुन् ।

उनले मधेश आन्दोलन र नाकाबन्दी समस्या हल गर्न तत्काललाई सीमाकंनका विषय थाती राखेर जानुपर्ने प्रस्ताव गरेका थिए । तर, यो विषयमा कुनै छलफल नभएको सद्भावनाका महासचिव मनिष सुमनले बताए ।

बैठकमा राजनीतिक विषयबारे छलफल हुन सकेन । अर्काे, बैठक १६ मंसीर साँझ ६ बजेका लागि बोलाइएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>