थप समाचारसोमबार, मंसिर १४, २०७२
मोर्चाले प्रतिकार गर्ने भएपछि कांग्रेसको कार्यक्रम स्थगित
नेपाली कांग्रेस धनुषाले मधेश आन्दोलनको समर्थनमा निकाल्न तयारी गरेको प्रदर्शन स्थगित गरेको छ ।
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले कांग्रेसको प्रदर्शन प्रतिकार गर्ने तयारी गरेपछि कांग्रेसले प्रदर्शन स्थगित गरेको हो ।
कांग्रेस धनुषाका सभापति रामसरोज यादवले आन्दोलनरत पक्षहरुसँग छलफल गरेर दबाव प्रदर्शन गरिने बताए ।
१४ मंसीर दिउँसो पार्टी कार्यालयबाट प्रदर्शन निकाल्न तयारी गरेको थियो । तर, कांग्रेसको विरोधमा जनकपुर नगर क्षेत्रमा विरोध प्रदर्शन हुन थालेपछि प्रदर्शन स्थगित गरिएको सभापति यादवले बताए ।
–ईश्वरचन्द्र झा, जनकपुर
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>