समाचारसोमबार, मंसिर १४, २०७२

जोगवनी नाका पनि ठप्प पार्ने मोर्चाको तयारी

सइन्द्र राई

jogbaniवीरगञ्ज नाका ठप्प पार्दै आएको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले विराटनगरस्थित जोगवनी नाका पनि अवरुद्ध पार्ने तयारी गरेको छ ।

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको विराटनगर–१८, जतुवास्थित घरमा बसिरहेको मोर्चाको बैठकले जोगवनी नाका पनि ठप्प पार्ने कार्यक्रम तय गर्ने भएको छ । मोर्चाका स्थानीय नेताहरुसहितको शीर्ष नेताहरुको बैठकले यसबारे कार्यक्रम बनाइरहेको सद्भावना पार्टीका महासचिव मनिष सुमनले हिमालखबरलाई बताए ।

उनका अनुसार जोगवनी नाकाबाट इन्धनलगायत सामाग्री आयात भइरहेकाले रोक्ने योजना बैठकले बनाउने भएको छ । झण्डै एक महीनादेखि जोगवनी नाकामा मोर्चाले अवरोध गरेको थिएन ।

सवै नाका ठप्प पार्ने कार्यक्रमसहित जोगवनीमा धर्ना बसेका मोर्चाका कार्यकर्ता दशैंपछि त्यहाँबाट हटेका थिए । तर, भारतीय पक्षको असहजताले पूर्ण रुपमा नखुलेको उक्त नाकालाई ठप्प पार्ने मोर्चाले तयारी गरेको छ ।

अहिले दिउँसो उताबाट आएको गाडीलाई राति स्कटिङ गरेर नेपाल भित्र्याउने गरिएको छ । जोगवनी पारी वान वे सडक भएको र बजारका कारण नियमित अवस्थामा समेत ठूला गाडीहरु दिउँसो गुड्न सजिलो छैन ।

मोर्चाको आन्दोलनपछि भारतीय पक्षले सजिलै नेपाल भित्रन नदिएपछि सानो संख्यामा इन्धनलगायतका सामाग्री नेपाल भित्रदै आएको छ । सरकारले आफ्नो माग पूरा नगरेको भन्दै मोर्चाले कार्यतालिकासहित आन्दोलन सशक्त बनाउने तयारी गरेको महासचिव सुमनले बताए ।

–कमल रिमाल, विराटनगर

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>