Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
पूर्वी नाकाको सीमा बैठक - Himalkhabar.com

थप समाचारमंगलबार, मंसिर १५, २०७२

पूर्वी नाकाको सीमा बैठक

हिमालखबर

border metingDSC_0627नेपाल र भारत बीचको दशगजामा भएका अतिक्रमण हटाउंदै पूर्वी क्षेत्रको सीमा स्तम्भ निर्माण र मर्मतको काम सात महिनाभित्र पूरा गर्ने दुई देशका अधिकारीहरु बीच सहमति भएको छ ।

विराटनगरमा भएको नेपाल र भारतका अधिकारीहरुको बैठकमा छिटोमा पाँच र ढिलोमा सात महिनाभित्र तीन जिल्ला जोडिएको सीमाको समस्या समाधान गरिने निर्णय भएको हो ।

मोरङका प्रमुख जिल्ला अधिकारी गणेशराज कार्कीले सुनसरीमा भारतीय सुरक्षाकर्मी प्रवेश गरी गोली प्रहार गरेकोे, झापामा एसएसबी हतियार सहित प्रवेश गरेको र जोगवनी नाकाबाट नेपाली प्रहरीको पेस्तोल खोसेको बारे पनि अनौपचारिक छलफल भएको बताए ।

भारत अररियाका प्रमुख जिल्ला अधिकारी (डिस्ट्रिक्ट म्याजिष्ट्रेट) हिमांशु शर्माले पनि छिट्टै सीमा स्तम्भको समस्या समाधान हुने बताए ।

मोरङ, सुनसरी, झापा तथा भारतको अररिया, सुपौल र किशनगञ्जका प्रमुख जिल्ला अधिकारी, एसएसबी र सशस्त्र प्रहरीका प्रमुख, नेपाल तर्फका राष्ट्रिय अनुसन्धान, भंसारका प्रमुख तथा दुबै देशका इन्जिनीयरहरुको बैठकमा सहभागिता थियो ।

बैठकमा भारत तर्फका तीन जिल्लाका १४ र नेपाल तर्फका २० जना अधिकारीको सहभागिता थियो ।
-कमल रिमाल, विराटनगर

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>