थप समाचारमंगलबार, मंसिर १५, २०७२
स्कर्टिङ्गमा रहेको बस दुर्घटना, नौ जना घाइते
पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको भारदहमा १५ मंसिर बिहान प्रहरी सुरक्षामा रहेको बस दुर्घटना हुँदा नौ जना घाइते भएका छन् ।
घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ ।
यात्रु ओराल्नका लागि रोकेको एक बसलाई पछाडिबाट अर्काे बसले ठक्कर दिएपछि दुर्घटना भएको हो ।
दुर्घटनामा घाइते भएकाहरुलाई उपचारका लागि विराटनगर पुर्याइएको सप्तरी प्रहरीले जनाएको छ ।
काठमाडौंबाट काकडभिटातर्फ जाँदै गरेको ना.५ख ४०४० नम्बरको बस यात्रु ओराल्नका लागि रोकेको अवस्थामा पोखराबाट धरानतर्फ जाँदै गरेको ना.५ख १६७७ नम्बरको बसले पछाडिबाट ठक्कर दिएको हो ।
घाइते हुने सबै यात्रु ना.५ख १६७७ नम्बरको बसको रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि ठक्कर दिने बसको अगाडिको भाग पूर्ण रुपले क्षतिग्रस्त भएको छ ।
यो बसलाई सशस्त्र प्रहरी बल दन्तकाली गण बरमझियामा राखिएको छ भने पछाडिको भाग क्षतिग्रस्त भएको ठक्कर खाने बस काकाडभिटातर्फ गएको इलाका प्रहरी कार्यालय भारदहले जनाएको छ ।
श्रवणकुमार देव, राजविराज
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
