थप समाचारमंगलबार, मंसिर १५, २०७२

भारतीय राजदूत फिर्ता पठाउन माग गर्दै संसदमा नाराबाजी

हिमालखबर

नेपाल मजदुर किसान पार्टीले भारतीय राजदूत रञ्जित रेलाई फिर्ता पठाउन माग गर्दै  व्यवस्थापिका-संसद बैठकमा नाराबाजी गरेको छ ।

बैठक शुरु हुनासाथ नेमकिपाका सांसदहरुले भारतीय राजदूत फिर्ता पठाउन माग गर्दै  नाराबाजी गरेका थिए ।

त्यसलगत्तै   मधेश केन्द्रित दलका सांसदहरु पनि ‘मधेशका माग पूरा गर’ भन्दै नाराबजी सहति रोष्टम घेर्न पुगेका थिए ।

सभामुख ओनसरी घर्तीले कांग्रेसका फरमुल्ला अनसारीलाई बोल्ने समय दिनासाथ मधेशी सांसद्हरुले रोष्टम घेराऊ गरेका हुन् ।

नाराबाजीपछि २० मंसीरसम्मका लागि व्यवस्थापिका-संसद बैठक स्थगित भएको छ ।

-कपिल भट्ट, काठमाडाैं

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>