Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
माथिल्लो तामाकोसीको अवरुद्ध निर्माण कार्य शुरु हुँदै, सम्पन्न अवधि एक वर्ष धकेलियो - Himalkhabar.com

थप समाचारमंगलबार, मंसिर १५, २०७२

माथिल्लो तामाकोसीको अवरुद्ध निर्माण कार्य शुरु हुँदै, सम्पन्न अवधि एक वर्ष धकेलियो

हिमालखबर

tasmakosiपहिले भूकम्प र त्यसपछि भारतको नाकाबन्दीका कारण निर्माण कार्य अवरुद्ध भएको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको निर्माण शुरु हुने भएको छ ।

वाणिज्य तथा आपूर्ति मन्त्रालयले निर्माणाधिन जलविद्युत् आयोजनालाई इन्धन उपलब्ध गराउने निर्णय गरेपछि सो आयोजना शुरु हुन लागेको हो ।

सरकारले राष्ट्रिय गौरवको आयोजनाको रुपमा अगाडि बढाएको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको करिब ६० प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको छ ।

भूकम्पपछि आयोजनाको काम पूर्णरुपमा प्रभावित भएपछि आयोजना सम्पन्न हुने अवधि एक वर्ष पर धकेलिएको छ ।

सरकारले सो आयोजना सन् २०१६ को डिसेम्बरमा सम्पन्न गर्ने लक्ष्य राखेको थियो । भूकम्प र भारतको नाकाबन्दीका कारण अब आयोजना सन् २०१७ को डिसेम्बरमा मात्रै सम्पन्न हुने भएको छ ।

उपप्रधानमन्त्री एवम् ऊर्जा मन्त्री टोपबहादुर रायमाझीको आग्रहमा वाणिज्य तथा आपूर्ति मन्त्रालयले निर्माणाधिन आयोजनालाई इन्धन उपलब्ध गराउन नेपाल आयल निगमलाई निर्देशन दिएको थियो ।

निगमले आज मात्रै उक्त आयोजनालाई ६ हजार लिटर इन्धन उपलब्ध गराउने भएको छ ।

‘‘आज ६ हजार लिटर इन्धन पाउने भन्ने सूचना आएको छ । उक्त परिणामको इन्धन प्राप्त भयो भने तत्काल निर्माण शुरु हुन सक्छ,’’ माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाका प्रवक्ता गणेशप्रसाद न्यौपानेले भने, “इन्धन प्राप्त भए निर्माण शुरु हुन्छ ।”

इन्धन प्राप्त भएलगत्तै पहिलो चरणमा भूकम्पले ध्वस्त पारेको पहूँचमार्ग सुधार गर्ने आयोजनाले लक्ष्य राखेको छ ।

दोलखाको सिङ्गटीदेखि आयोजनास्थल लामाबगर र बाँधस्थल गोगरसम्म सडक सुधार गर्ने र भौतिक निर्माणको काम शुरु गरिनेछ ।

भूकम्पपछि आयोजना स्थल छाडेका मजदुर काममा फर्किए आयोजनाकाअनुसार भौतिक निर्माणमा सङ्लग्न रहेका नेपाली, चिनियाँ र भारतीय प्राविधिक तथा मजदुर निर्माण क्षेत्रमा फर्किइसकेका छन् ।

इन्धन अभावका कारण आयोजना रोकिएपनि निर्माण स्थलमा मजदुर फर्किएपछि आयोजनालाई निर्माण शुरु गर्ने दबाव परेको थियो ।

सोही दबाव पछि आयोजनाले ऊर्जा मन्त्रालयमार्फत इन्धन उपलब्ध गराइदिन आग्रह गरेको थियो ।

आयोजनाका प्रवक्ता न्यौपानेले चिनियाँ प्राविधिक समूहले प्राविधिक काम शुरु गरिसकेको बताए ।

वनले स्वीकृति दिएन
माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको विद्युत् प्रसारण गरिने प्रसारण लाइन निर्माणमा वन तथा भूसंरक्षण मन्त्रालयले स्वीकृति नदिँदा समस्या पैदा भएको छ ।

कुल १२७ वटा टावर निर्माण गर्नुपर्नेमा ४८ वटा टावरको प्रारम्भिक काम सुरु भइसकेको छ । केही टावरको निर्माण कार्य सम्पन्न भएपनि केहीको भने काम नै शुरु हुन नसकेको प्रवक्ता न्यौपानेले बताए ।

तामाकोसी– सिङ्गटी प्रसारण लाइन निर्माणको चरणमा रहेको छ । वन तथा भूसंरक्षण मन्त्रालयले आवश्यक निर्णय नगरिदिँदा आफूलाई काम गर्न समस्या भएको आयोजनाले बताएपनि वन मन्त्रालयले भने सो विषयमा केही दिनभित्रै आवश्यक निर्णय गरिने जनाएको छ ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>