समाचारमंगलबार, मंसिर १५, २०७२

एनआरएनएद्वारा जनकपुर अस्पताललाई औषधि सहयोग

हिमालखबर

गैर–आवासीय नेपाली संघ (एनआरएनए) ले जनकपुर अञ्चल अस्पतालका लागि अत्यावश्यक औषधिहस्तान्तरण गरेको छ ।

तस्वीर: ईश्वरचन्द्र झा

तस्वीर: ईश्वरचन्द्र झा

एनआरएनएका अध्यक्ष शेष घले र संरक्षक कुलचन्द्र गौतमसहितको टोलीले आज, १५ मंसीरमा जनकपुर पुगी करिब रु. ७ लाख बराबरको ३८ प्रकारका औषधि जनकपुर अञ्चल अस्पतालाई हस्तान्तरण गरेको हो ।

घलेले औषधिको अभावमा उपचार सेवा प्रभावित हुन नहुने भन्दै एनआरएनएले अगामी दिनमा समेत आवश्यकता अनुसार औषधि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

काठमाडौंबाट नेपाली सेनाको स्काई भ्यानमार्फत् ल्याईएको औषधी डाक्टर रामकेवल साह, रामनरेश पण्डीतसहित स्वास्थ्यकर्मी यूनियनका पदाधिकारीहरु समेतको उपस्थितिमा अस्पताललाई हस्तान्तरण गरिएको हो ।

डाक्टर रामनरेश पण्डितले अस्पतालमा औषधिको संकट रहेको बेला गैर–आवासीय संघले उपलब्ध गराएको औषधिले केही हदसम्म संकट टार्ने बताए ।

भारतको नाकाबन्दीले देशमा औषधिको अभाव भएपछि गैरआवासीय नेपाली संघले विदेशबाट हवाइमार्ग हुँदै औषधि मगाएर सहयोग गर्दै आएको छ ।
ईश्वरचन्द्र झा, जनकपुर

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>