समाचारमंगलबार, मंसिर १५, २०७२

बारामा पनि बालबालिकालाई प्रदर्शनमा उतारियो

हिमालखबर

मधेश आन्दोलनको समर्थनमा बारामा स्कुले बालबालिकाहरुलाई प्रदर्शनमा उतारिएको छ । १५ मंसीर विहान बाराको कलैयामा ५ कक्षादेखि माथिका बालबालिकाले मानवसाङ्लो बनाए ।

तस्वीर: श्याम गुप्ता

तस्वीर: श्याम गुप्ता

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र संघीय समावेशी मधेशी गठबन्धनले बालबालिकालाई सडकमा उतारेको हो ।

यसअघि वीरगञ्जमा मधेशमा जारी आन्दोलनका क्रममा ज्यान गुमाएको सम्मानमा भन्दै बालबालिकालाई एनप्याब्सन वीरगञ्जले प्रदर्शनमा उतारेको थियो भने त्यसअघि काठमाडौंमा भारतीय नाकाबन्दीको विरोधमा प्याब्सनले बालबालिकालाई प्रदर्शनमा उतारेको थियो ।

राष्ट्रिय मानव अधिकार आयोग लगायत विभिन्न संस्थाहरुले बालबालिकालाई आन्दोलन, हडताल तथा विरोध प्रदर्शन जस्ता गतिविधिमा संलग्न नगराउन आग्रह गरिरहँदा पनि राजनीतिक गतिविधिमा बालबालिकालाई प्रयोग गर्ने काम रोकिएको छैन ।

तस्वीर: श्याम गुप्ता

तस्वीर: श्याम गुप्ता

आज कलैयामा भएको प्रदर्शनलाई  आन्दोलनका माग पूरा गराउनका लागि बालबालिकाले स्वतःस्फूर्त रुपमा मानवसाङलो बनाएको भनिएको छ ।

प्रदर्शनमा कलैयाका निजी तथा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरु चन्द्र स्कुलमा भेलाभई मानव साङलो बनाउँदै सदरमुकाम कलैयाको परिक्रमा गरेका थिए ।

उनीहरुले सरकार विरोधि नारा लगाउनुका साथै आन्दोलनको समर्थनमा लेखिएका प्लेकार्ड बोकेका थिए ।

तस्वीर: श्याम गुप्ता

तस्वीर: श्याम गुप्ता

प्रदर्शनमा कक्षा ५ देखि उच्च माध्यमिक तहमा अध्ययनरत विद्यार्थीहरुको सहभागिता थियो ।
श्याम गुप्ता, बारा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>