समाचारमंगलबार, मंसिर १५, २०७२

नेपालगञ्ज–जमुनाहा नाका ठप्प

हिमालखबर

फाइल तस्वीर

फाइल तस्वीर

पछिल्लो तीन दिनदेखि मधेशी मोर्चाका कार्यकर्ताले नेपालगञ्ज–रुपैडिहा नाकाको दशगजामा राति पनि धर्ना दिन थालेपछि नाका ठप्प भएको छ ।

मोर्चाले दशगजा पारी भारतीय भूमिमा पुगेर धर्ना दिने र त्यहाँबाट नेपालमा रहेका प्रहरीमाथि ढुंगामुढा गर्न थालेपछि १३ मंसीरदेखि इन्धन तथा मालबाहक कुनै पनि गाडी नेपाल प्रवेश गरेका छैनन् ।

मोर्चाको धर्नालाई छल्दै १२ मंसीर मध्यरातमा २५ ट्यांकर डिजल, एक पेट्रोल र २२ मालबाहक गाडीहरु नेपाल भित्रिएपछि थप कुनै पनि गाडीहरु नेपाल भित्रिएका छैनन् ।

१५ मंसीरमा पनि कुनै पनि इन्धन तथा मालबाहक सवारीसाधनहरुले प्रवेश पाएका छैनन् ।

यसअघि  दशगजामा मोर्चाले गाडेको टेन्ट हटाउने क्रममा १४ मंसीरमा प्रहरी र मोर्चाबीच झडप भएको थियो ।

राति ११ बजेसम्म चलेको झडपका क्रममा प्रदर्शनकारीले भारतीय भूमिबाट करिब ३० वटा पेट्रोल बम प्रहार गरेको जमुनाहा प्रहरीले जनाएको छ ।
झडपका क्रममा प्रहरी र प्रदर्शनकारी दुवैतर्फबाट घाइते भएका थिए ।

मोर्चाले भारतबाट आउने इन्धन तथा मालबाहकका गाडीहरुलाई रोक लगाए पनि मोटरसाइकल, साइकल, रिक्साहरुलाई भने रोक नलगाएको इलाका प्रहरी कार्यालय जमुनाहाका इन्चार्ज विष्णु गिरीले जानकारी दिए ।
केशव राना, बाँके

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>