समाचारमंगलबार, मंसिर १५, २०७२

संविधानबारे एक महिने प्रचारात्मक कार्यक्रम गरिने

हिमालखबर

costitution‘नेपालको संविधान जनताको संविधान, जनताको संविधान जनताको माझमा’ भन्ने नाराका साथ सरकारले संविधानको विशेषताको बारेमा जानकारी दिन एक महिना प्रचारात्मक कार्यक्रम गर्ने भएको छ ।

२१ मंसीरदेखि २२ पुससम्म चल्ने प्रचारात्मक कार्यक्रममा संविधानको विशेषताका साथै महिला, दलित, आदिवासी, जनजाति, अल्पसङ्ख्यक, मुस्लिम, मधेशी आदिको बारेमा संविधानले गरेको व्यवस्थालाई जनस्तरमा प्रचारप्रसार गर्ने कार्यक्रम छ ।

सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमा सञ्चारमन्त्री शेरधन राईको उपस्थितिमा सञ्चार सचिव, सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव र सञ्चारमन्त्रालयअन्तर्गतका विभागीय प्रमुखको भेटमा उक्त जानकारी दिइएको हो ।

२१ मंसीरमा प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने एक महिने कार्यक्रम मुलुकभरका सबै जिल्ला, नगरपालिका र गाविसमा गरिने मन्त्रालयले जनाएको छ ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>