Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
‘किम्फ’ २४ मंसीरदेखि काठमाडौंमा - Himalkhabar.com

थप समाचारमंगलबार, मंसिर १५, २०७२

‘किम्फ’ २४ मंसीरदेखि काठमाडौंमा

सञ्जीव शर्मा

१३ औं काठमाडौं इन्टरन्याशनल माउन्टेन फिल्म फेस्टिभल (किम्फ) २४ मंसीरदेखि कमलपोखरीस्थित कुमारी सिनेमा हलमा शुरु हुँदैछ ।

kimfपाँच दिनसम्म (२४–२८ मंसीर) चल्ने किम्फमा २५ देशबाट प्राप्त ८० वटा फिल्महरु देखाइने छन् ।

हरेक वर्षभै यस पल्ट पनि किम्फमा विविध धारका सिनेमाहरु अन्तर्गत डकुमेन्ट्री, फिक्सन, एडभेन्चर, प्रयोगात्मक लघु फिल्म, एन्थ्रोपोलोजिकल न्यारेटिभ्स् र एनिमेशन त देखाइनेछ नै, नेपाल पानोरामा अन्तर्गत नेपाली डकुमेन्ट्रीहरुको विशेष प्रदर्शन पनि गरिनेछ ।

गणेश पाण्डेद्वारा निर्देशित ‘भाग्यले बाँचेकाहरू’ शीर्षक डकुमेन्ट्रीको प्रदर्शनबाट किम्फको उद्घाटन हुनेछ ।

फिल्मले भुइँचालोबाट जोगिएका नेपालीहरुको कथा र भुइँचालोपछिको देशको अवस्थालाई चित्रित गरेको छ ।

महोत्सवमा सिनेकर्मी, फिल्म पारखी, बुद्धिजीवी, पत्रकार, कलाकार तथा पर्वतप्रेमीहरुको सहभागिता हुनेछ र फिल्म प्रदर्शनबाहेक प्रतिस्थापन कला र फोटो प्रदर्शन पनि हुनेछन् ।

यस पटक भारतीय पर्वतारोही तथा फोटोग्राफर अभिजित सिंहका तस्वीरहरुको प्रदर्शनी गरिनेछ ।

त्यसबाहेक ‘ट्रेन्डस् इन साउथ एसियन इन्डिपेन्डेन्ट सिनेमा’ विषयक परिसंवाद किम्फको अर्को आकर्षण हुनेछ ।

परिसंवादमा मीन भाम (निर्देशक, ‘कालो पोथी’), छिरिङ रितार (फिल्म निर्देशक), नम्रता राव (चर्चित हिन्दी फिल्म ‘कहानी’का सम्पादक) तथा भारतका वरिष्ठ फिल्म समालोचक प्रेमेन्द्रनाथ मजुमदारको सहभागिता हुनेछ ।

किम्फको अभिन्न अंग बन्न पुगेको लोकप्रिय हाजिरीजवाफ प्रतियोगिता ‘नो योर हिमाल’ को सञ्चालन सदाभैmँ अंग्रेजी साप्ताहिक नेपाली टाइम्सका सम्पादक कुन्द दीक्षित र नेपथ्य ब्यान्डका अमृत गुरुङद्वारा संयुक्त रुपमा हुनेछ ।

अन्तर्राष्ट्रिय पर्वतीय दिवसको अवसरमा उल्जु माउन्टेन फिल्म फेस्टिभलबाट कोरियाली फिल्महरुको विशेष प्रदर्शन हुनेछ भने त्यसै दिन विश्व वन्यजन्तु संरक्षण कोष नेपालले निर्माण गरेको हिम चितुवा सम्बन्धी फिल्म र वातावरण प्रदूषण सम्बन्धी इसिमोडद्वारा निर्मित मह जोडीको फिल्म “धूवाँ” को प्रदर्शन गरिनेछ ।

यस पटक किम्फद्वारा नेपालको भुइँचालोबारे आयोजना गरिएको ‘साइस्मिक सिफ्ट’ नामक लघु फिल्म प्रतियोगितामा उत्कृष्ट ठहरिएका फिल्महरुको प्रदर्शन पनि गरिनेछ ।

किम्फ २०१५ को निर्णायक मण्डलमा ब्रिटिस पर्वतारोही र पत्रकार एड डगलस्, कोरियाकी प्राध्यापक युन यङ्ग किम तथा विभिन्न पुरस्कारबाट सम्मानित भारतीय फिल्म सम्पादक नम्रता राव तथा वरिष्ठ फिल्म समालोचक प्रेमेन्द्रनाथ मजुमदार छन् ।

निर्णायक मण्डलले अन्तर्राष्ट्रिय प्रतिस्पर्धा अन्तर्गत तीन उत्कृष्ट फिल्म तथा नेपाल पानोरामा अन्तर्गत उत्कृष्ट डकुमेन्ट्री फिल्म र फिक्सन फिल्मको छनौट गर्नेछन् ।

अन्तर्राष्ट्रिय खण्डका उत्कृष्ट तीन फिल्मलाई दिइने पुरस्कार राशि पन्ध्र सय, एक हजार र पाँच सय अमेरिकी डलर क्रमशः नेपाल पर्वतारोहण संघ, ट्रेकिङ एजेन्ट्स एसोसिएसन अफ नेपाल (टान) र थामसेर्कु ट्रेकिङले उपलब्ध गराउनेछन् ।

नेपाल चलचित्र विकास बोर्ड र जेन गोडाल इन्स्टिच्युटले नेपाल पानोरामा अन्तर्गतका दुई उत्कृष्ट फिक्सन र डकुमेन्ट्री फिल्म प्रत्येकलाई रु. पचास हजार प्रदान गर्नेछन् ।

दक्षिण एशियाली क्षेत्रमा पर्वतीय विकास सम्बन्धी बनेका फिल्ममध्ये उत्कृष्टलाई दिइने एक हजार डलरको पुरस्कारको प्रायोजन इसिमोडले गर्नेछ ।

नेपालमा अन्तर्राष्ट्रिय स्तरको होटल व्यवसाय थाल्ने बोरिस लिसानोभिचका बारे बनेको फिल्म ‘टाइगर फर ब्रेकफास्ट’ बाट महोत्सवको समापन हुनेछ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>