Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
एनआरएनएद्वारा लुम्बिनी अञ्चल अस्पताललाई औषधि सहयोग - Himalkhabar.com

थप समाचारमंगलबार, मंसिर १५, २०७२

एनआरएनएद्वारा लुम्बिनी अञ्चल अस्पताललाई औषधि सहयोग

हिमालखबर

लुम्बिनी अञ्चल अस्पताल बुटवललाई गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले अति आवश्यक औषधि उपलब्ध गराएको छ ।

रु तीन लाख ९१ हजार मुल्य बरावरका औषधि आज अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. राजेन्द्रप्रसाद खनाललाई एनआरएनका अध्यक्ष शेष घलेले हस्तान्तरण गरेका हुन् ।

गौतमबुद्ध विमानस्थल भैरहवाको हाताभित्रै औषधि हस्तान्तरण गर्दै एनआरएनए अध्यक्ष घलेले नाकाबन्दीका कारण नेपालमा देखिएको मानवीय संवेदनालाई ख्याल गर्दै सहयोग उपलव्ध गराएको बताए ।

उनले विदेशमा बस्ने नेपालीले एकएक रुपैयाँ उठाएर नेपालमा परेको समस्या समाधानका लागि एनआरएनले पहल गरिरहेको बताउँदै अब यसको निकास छिट्टै निस्कनेमा आफू आशावादी रहेको धारणा राखे ।

अस्पतालका डा खनालले आपतका बेला एनआरएनएले देखाएको सद्भाव र सहयोग निकै मुल्यवान भएको जनाउँदै एनआरएनबाट अबका दिनमा पनि मानवीय संवेदनालाई सम्बोधन हुने किसिमका सहयोगको अपेक्षा राखेको बताए ।

अस्पताललाई उपलब्ध गराइएको औषधि बिरामीलाईसमेत निःशुल्क वितरण गरिने अस्पतालले जनाएको छ ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>