समाचारमंगलबार, मंसिर १५, २०७२

‘निर्णायक वार्ता’मा मोर्चाका शीर्ष नेताहरु नआउने

हिमालखबर

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका शीर्ष नेताहरु १६ मंसीरमा हुने वार्तामा नआउने भएका छन् ।

१४ मंसीरमा बसेको त्रिपक्षीय बैठकले निर्णायक भनेको वार्तामा तराई–मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरबाहेक अन्य पार्टीका अध्यक्षहरु नआउने भएका हुन् । “महन्थ ठाकुर बाहेक अन्य दलका दोस्रो तहका नेताहरु आउछौं”, सद्भावना पार्टीका महासचिव मनिष सुमनले भने ।

मोर्चाले भोलि धनुषाको ढल्केबरमा आमसभा आयोजना गरेको छ । “अध्यक्षहरुले ढल्केबरमा आयोजना गरिएको सभामा सम्बोधन गर्ने कार्यक्रम तय भएको छ”, संघीय समाजवादी फोरम नेपालका नेता राजेन्द्र श्रेष्ठले भने ।

उनका अनुसार मोर्चाले अघि सारेको ११ बुँदे मागलाई नै वार्तामा बटम लाइन बनाउने भएकाले शीर्ष नेताहरु नआएका हुन् । “माग प्रष्ट राखिसकेपछि प्रमुख नेता नै चाहिन्छ भन्ने छैन”, श्रेष्ठले भने ।

प्रमुख दलहरुको साझा धारणा माग गर्दै आएको मोर्चाका तर्फबाट १४ मंसीरमा पनि महन्थ ठाकुरबाहेक अन्य दलका दोस्रो तहका नेताहरु सहभागी थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>