समाचारमंगलबार, मंसिर १५, २०७२

मधेशमा एमालेले अगुवा कार्यकर्ता भेला गर्ने

हिमालखबर

प्रमुख सत्तारुढ दल नेकपा एमालेले तराई–मधेशका २० जिल्लाका अगुवा कार्यकर्ता भेला गर्ने भएको छ ।

मधेश आन्दोलन, नाकाबन्दी, नयाँ संविधानका अन्तर्वस्तुबारे कार्यक्रम तय गर्न चितवनमा अगुवा कार्यकर्ता भेला आयोजना गरिएको प्रचार विभाग प्रमुख योगेश भट्टराईले बताए । उनका अनुसार भेलामा मधेशका केन्द्रीय नेता, सांसद र जिल्लाका अगुवा नेताहरुको सहभागिता हुनेछ ।

“सचिवालयको निर्णय अनुसार भेलाको तयारी भइरहेको छ”, भट्टराईले भने । ३० साउनदेखि जारी मधेश आन्दोलनमा पार्टीको भूमिका र कार्यक्रम तय गर्न २१ र २२ मंसीरमा भेला आयोजना गरिएको एमालेले जनाएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>