समाचारमंगलबार, मंसिर १५, २०७२

वार्तामा लचिलो भएर प्रस्तुत हुनेः एमाले

हिमालखबर

प्रमुख सत्तारुढ दल नेकपा एमालेले संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासँगको वार्तामा लचकताका साथ प्रस्तुत हुने निर्णय गरेको छ ।

एमाले शीर्ष नेताहरुको बैठकले अन्य दलहरुको सहमतिका आधारमा मोर्चाको मागबारे धारणा तय गर्ने निर्णय गरेको छ ।

“मोर्चाको ११ बुँदे मागबारे कसरी प्रस्तुत हुने भन्नेबारे छलफल भयो । साझा धारणा बनाएर लचकताका साथ वार्तामा बस्छौं”, महासचिव ईश्वर पोखरेलले भने । १६ मंसीर साँझ ६ बजे सत्तारुढ दल, प्रमुख प्रतिपक्षी कांग्रेस र आन्दोलनरत मधेशी मोर्चाबीच त्रिपक्षीय बैठक बोलाइएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>