समाचारबुधबार, मंसिर १६, २०७२
आगलागी हुँदा एकै परिवारको तीन बालबालिकाको मृत्यु
कञ्चनपुरको पुनर्बास नगरपालिका–१ मा गए राति एक घरमा आगलागी हुँदा एकै परिवारका तीन बालबालिकाको जलेर मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार पुनर्बास–१ शिवमन्दिर टोलमा स्थानीय सरिता खड्काको घरमा राति आगलागी हुँदा सरिताका ११ वर्षीय छोरा अर्जुन, ८ वर्षीय छोरा किरण र ५ वर्षीया छोरी प्रिया खड्काको घरभित्रै जलेर मृत्यु भएको हो ।
आमा सरिता र अर्को छोरा रोहित भने सकुशल रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सरिताको घरको भान्सामा चुलोबाट आगो सल्किएर आगलागी भएको हो ।
रासस
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
