समाचारबुधबार, मंसिर १६, २०७२

प्रमुख माग सीमाङ्कन नै होः उपेन्द्र यादव

हिमालखबर

upendra yadavसंघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले आफूहरुको प्रमुख माग प्रदेशहरुको सीमाङ्कन संशोधन रहेको बताएका छन् ।

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले सरकार र प्रमुख दलहरुसमक्ष पेश गरेको ११ बुँदे मागको सबैभन्दा महत्वपूर्ण बुँदा सिमाङ्कन रहेको भन्दै यादवले त्यसपछि समानुपातिक समावेशी प्रतिनिधित्व, जनसंख्याको आधारमा निर्वाचन क्षेत्र, नागरिकता र भाषा प्रमुख अजेण्डा रहेको बताएका छन् ।

१६ मंसीरमा सप्तरीमा आयोजित पत्रकार सम्मेलनमा उनले मुलुकमा बोलिने सबै मुख्य भाषाहरुलाई सरकारी कामकाजको भाषा बनाइनुपर्ने माग गरे ।

विदेशी नागरिकलाई नागरिकता दिलाउने पक्षमा मोर्चा नरहेको भन्दै यादवले थपे, “हामी विदेशीले नेपाली नागरिकता लेऊ र महत्वपूर्ण पदमा जाऊ भनेका होइनौ, यसअघि अन्तरिम संविधानमा रहेको नागरिकता सम्बन्धी प्रावधानलाई नै राख्न भनेका छौं ।”

आज हुने वार्तामा मोर्चाका शिर्ष नेताहरु सहभागी नहुने बताउँदै उनले मोर्चाका जुन तहका नेता गए पनि मोर्चा नै जाने भएका कारण सरकारले माग पूरा गर्नेतर्फ ध्यान दिनुपर्ने बताए ।

“हामीले माग राखिसकेका छौं त्यसबारे राज्यको स्पष्ट दृष्टिकोण आउनुप¥यो,” यादवले भने ।

उनले वार्ताका क्रममा मोर्चाले प्रस्तुत गरेको ११ बुँदे प्रस्तावबारे सत्ता पक्ष र प्रतिपक्षीले समेत आफूहरुलाई जानकारी नभएको भन्नु हास्यास्पद भएको भन्दै ११ बुँदे नै मोर्चाको प्रमुख बटमलाइन भएको बताएका थिए ।

११ बुंदेबारे थाहा छैन भन्नुले प्रमुख दलहरु अझै पनि वार्ताका नाममा नाटक गर्न खोजिरहेको हुनसक्ने यादवको भनाई थियो ।
श्रवणकुमार देव, राजविराज

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>