समाचारबुधबार, मंसिर १६, २०७२
उपप्रधानमन्त्री थापा र भारतीय विदेशमन्त्री स्वराजबीच भेटवार्ता
भारत भ्रमणमा रहेका उपप्रधान एवम् पराष्ष्ट्रमन्त्री कमल थापाले भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग भेटवार्ता गरेका छन् ।

तस्वीर: भारतीय विदेशमन्त्रालयका प्रवक्ताको ट्वीटरबाट
धार्मिक कार्यक्रममा सहभागी हुन भारत पुगेका उपप्रधानमन्त्री थापाले आज, १६ मंसीरमा नयाँ दिल्लीमा भारतीय विदेशमन्त्री स्वराजलाई भेटेका हुन् ।
थापाले अहिले नेपालले सामना गरिरहेको समस्या शिघ्र समाधानका लागि स्वराजसँग आग्रह गरेको भारतीय विदेशमन्त्रालयका प्रवक्ता विकास स्वरुपले बताएका छन् ।
जवाफमा स्वराजले भारतका तर्फबाट आपूर्तिमा कुनै अवरोध नरहेको र नेपालले आफ्नो आन्तरिक समस्या यथाशिघ्र सुल्झाउनु जरुरी रहेको बताएको पनि स्वरुपले ट्वीटरमा उल्लेख गरेका छन् ।
भेटमा भारतीय विदेश सचिव एस जयशंकरको पनि उपस्थिति थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
