समाचारबुधबार, मंसिर १६, २०७२
तीन दल र मधेशी मोर्चाबीचको वार्ता स्थगित
तीन दल र मधेशी मोर्चा बीच आज हुने भनिएको वार्ता स्थगित भएको छ ।
आज, १६ मंसीर साँझ ६ बजेका लागि तय भएको नेपाली कांग्रेस, नेकपा एमाले, एमाओवादी र मधेशी मोर्चाबीचको वार्ता स्थगित भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिएका छन् ।
भोली, १७ मंसीरमा तीन प्रमुख दलहरुबीचको बैठकपछि मात्रै अर्को वार्ताको मिति तय गरिने उनले जानकारी दिए ।
मधेशी मोर्चाले आफूले प्रस्तुत गरेको ११ बुँदे मागका बारेमा साझा अवधारणा बनाएर वार्ता गर्न तीन प्रमुख दलहरुलाई भन्दै आएको छ ।
अहिलेसम्म तीन दलको साझा अवधारणा तयार नभइसकेकाले पनि वार्ता स्थगित गरिएको हुनसक्ने बुझिएको छ ।
प्रदेशहरुको सीमाङ्कन संशोधन, जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण र समानुपातिक समावेशी प्रतिनिधित्व लगायतका माग राख्दै मधेशी मोर्चा गत तीन महिनादेखि आन्दोलित छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>