समाचारबिहीबार, मंसिर १७, २०७२

काठमाडौंमा रहेका मधेशीलाई फिर्ता बोलाउँछौः महतो

हिमालखबर

Rajendra lahanसदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले सरकारसँग अन्तिम लडाइँ लड्न काठमाडौं लगायतका ठाउँमा रहेका मधेशीलाई मधेशमा फिर्ता हुन आह्वान गरिने बताएका छन् ।

सिरहाको लहानमा १७ मंसीरमा पत्रकार सम्मेलनको आयोजना गरेका सदभावना अध्यक्ष राजेन्द्र महतोले तीन ठूला दलले मधेशको माग पूरा गर्न नचाहेको भन्दै आन्दोलनलाई थप सशक्त बनाउन मधेशीलाई काठमाडौं र अन्य स्थानबाट फिर्ता बोलाउने अवस्था आउन लागेको बताए ।

उनले तीन महिनादेखि मधेशमा जारी आन्दोलनमा दमन जारी रहे वारपारको लडाइँ लड्नका लागि कठोर निर्णय लिन मोर्चा बाध्य हुने बताए ।

“तीन दलले जारी गरेको संविधान मधेशी, दलित, मुस्लिम, आदिवासी जनजाति विरोधि छ । मोर्चाको मागबारे तीनदलको साझा धारणा नआउञ्जेल वार्ताको औचित्य छैन,” उनले भने, “वार्ताको नाममा ‘नौटङ्की’ भइरहेको छ । मोर्चाले राखेको ११ बुँदे माग पूरा गरे वार्ता नै गर्नु पर्दैन ।”

महतोले राजमार्गमा अवरोध र सीमामा नाकाबन्दी पूर्ण रुपमा अझै सफल नभएको भन्दै अगाडि भने, “जुन दिन राजमार्ग बन्द र नाकाबन्दी दुबै पूर्ण रुपमा सफल हुन्छ त्यो दिन आन्दोलन पनि सफल हुनेछ ।”

गत बैशाखमा गएको भूकम्पमा पहाडलाई मधेशी जनताले मलहमपट्टी लगाएको भन्दै महतोले त्यसको बदलामा मधेश आन्दोलनमा पहाडका जनताले सरकारलाई दबाब दिनुपर्ने माग गरेका थिए ।
दिलिपकुमार सिंह, सिरहा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>