समाचारबिहीबार, मंसिर १७, २०७२

प्रमुख तीन दलले मोर्चासँग संयुक्त छलफल गर्ने

हिमालखबर

प्रमुख तीन दलले संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासँगको संयुक्त छलफलमार्फत मधेशको समस्या समाधान गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेपाली कांग्रेस, नेकपा एमाले र एमाओवादीको बैठकले संयुक्त छलफल बोलाएर समस्यामाथि छलफल गर्ने निर्णय गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले बताए । उनका अनुसार आज र भोलि नै मोर्चाका नेताहरुसँग छलफल बोलाइनेछ ।

धनुषाको ढल्केबरमा आयोजित सभाबाट मोर्चाका नेताहरु काठमाडौं आएपछि संयुक्त छलफल गर्ने तयारी तीन दलले गरेको छ ।

संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव अघि बढाउने निर्णय पनि तीन दलको बैठकले गरेको छ । सुशील कोइराला सरकारले संसदमा कम्तिमा एक जिल्लामा एक निर्वाचन क्षेत्र रहनेगरी जनसंख्याको आधारमा निर्वाचन क्षेत्र र समावेशी समानुपातिक व्यवस्था हुनुपर्ने विधयेक पेश गरेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>