समाचारबिहीबार, मंसिर १७, २०७२

भारतसँग सकारात्मक कुरा भएको छ, परिणाम केही दिनमै देखिन्छः उपप्रम थापा

हिमालखबर

भारत भ्रमणबाट फर्किएका उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले भारतीय पक्षसँग सकारात्मक कुराकानी भएको र त्यसको परिणाम केही दिनमै देखिने बताएका छन् ।

तस्वीर: विक्रम राई

तस्वीर: विक्रम राई

थापाले हिंजो १६ मंसीरमा भारतीय विदेशमन्त्री सुष्मा स्वराज र प्रधानमन्त्रीका सुरक्षा सल्लाहकार अजित डोभलसँग भेटवार्ता गरेका थिए ।

१७ मंसीरमा त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री थापाले भारतीय पक्षसँग सकारात्मक वार्ता भएको र त्यसको परिणाम केही दिनमै देखिने भन्दै नाकाबन्दी खुल्न सक्ने संकेत गरेका हुन् । यद्यपी उनले भारतीय पक्षसँग भएको वार्ता बारे धेरै खुलाएनन् ।

“अहिले यत्ती नै भनौं, परिणाम केही दिनमै देखिन्छ । प्रतिक्षा गरौं,” थापाले भने ।

भारतको बंग्लोरमा आयोजित धार्मिक कार्यक्रममा सहभागि हुन भन्दै त्यसतर्फ पुगेका थापाले १६ मंसीरमा भारतीय विदेशमन्त्रीसँग दिल्लीमा भेटवार्ता गरेका थिए ।

थापासँग भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्याय पनि नेपाल आएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>